अमेरिकी डलर सहित दुई जना पक्राउ

0
25

रसुवा, मंसिर १ – २८ हजार ६ सय अमेरिकी डलर सहित दुई जना पक्राउ परेका छन् । काठमाडौँबाट रसुवागढी जाँदै गरेको बा १ य १४४६ नम्बरको स्कार्पियो चेकजाँचको क्रममा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चितवन जिल्लाको रत्ननगर नगरपालिका–७ टाँडीका ५३ वर्षीय श्रीराम चौधरी र रौतहट जिल्लाको गुजरा नगरपालिका–९ सिम्म्रा भवानीपुरका ३२ वर्षीय विकास प्रसाद चौधरी रहेका छन् ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ त्रिशुली खोलाबाट आज विहान ८.४५ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई राजश्व अनुसन्धानमा बुझाइने प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here