सामाजिक विषयको शिक्षण सामग्री समेटिएको तिहारको गीत ‘सात प्रदेश’ सार्वजनिक

0
9188

रसुवा, कार्तिक १२ – सामाजिक विषयको शिक्षण सामग्री समेटिएको तिहारको गीत ‘सात प्रदेश’ सार्वजनिक भएको छ । यसअघि ह्रस्व दीर्घ सिकाउने तिजको गीत सार्वजनिक गरेर चर्चा पाएको काठमाडौँको अवेरनेश इन्टरनेसनल एकेडेमी एआईएले दोस्रो गीत सार्वजनिक गरेको हो ।

शिक्षक, विद्यार्थी, अनेक आयोगका परीक्षार्थी र स्वदेश तथा विदेशमा रहेका राष्ट्रप्रेमीलाई उपयोगी हुने विस्वास गरिएको छ । बिमल घिमिरे, खगेश्वर गिरी र कृष्ण प्रसाद गैरेले यो गीतको सिर्जना गरेका हुन् ।

गीतमा देशको राजनीतिक तथा प्रशासनिक विभाजन, भौगोलिक अवस्था, विभिन्न प्रदेशको नाम, केन्द्र, मुख्यमन्त्री, धार्मिक केन्द्र, त्यहाँका मुख्य पेशा, पर्यटकीय क्षेत्र, जनजाति लगायतका जानकारी प्रस्तुत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here