नेपाल शिक्षा सेवा

0
410

जुनेली ग्याबा

गुणकारी, विवेकशील, विद्ववान बनाउँछ
भविष्यको कर्णधार यै विद्याले जनाउँछ ।
बाहिरा हेर्दा देखिँदैन तर प्रयोग गर्दा भगवान
फलामको तरवार भन्दा बन्छन् विद्या बलवान ।१।

ढुङ्गेबाट विज्ञानसम्म ल्याइदिसक्यो यसले
हाम्रा लागि शिक्षामा त जोड देकाछन् देशले ।
गरी साध्या छैन हेर यो शिक्षाको चर्चा, वयान
अरु भन्दा हे मित्र हो विद्याको गर्नु चयन ।२।

यसको सहि सदुपयोगले संसारको हृदय खिच्छ
यसको दुरपयोगले आफू मुनि थिच्छ ।
अझै पनि यसका अभावले छोरी पाखा, छोरा काखा
शिक्षा अरु केही होइन हाम्रो तेस्रो आँखा ।३।

गन्तव्यका सुनौला बाटाहरु, देखाउँछन् जसले
धनी, गरिब, सानो, ठुलो भन्दैन भो यसले ।
यसको साहराले बन्छु म त चम्किलो त्यो तारा
ज्ञान र अनुभवले भर्दै जिउला, जीवन केनै छर ।४।

शिक्षा एउटा यस्तो चिज हो जसको चोरी हुन्न
जति आर्जन गरे पनि अघाउने काम हुन्न ।
बेरोजगारी र गरिबी छ, यसकै कमीका कारण
साथ चाहिन्छ मलाई यसको बन्छु देशको शरण ।५।

अझै पनि शिक्षामा कति वञ्चित बनेका छन्
सक्नेहरु अत्यन्त नै लाभान्भित भएका छन् ।
समान शिक्षा लिन सबले पाउनुपर्ने हुन्छ
गुणस्तरीय शिक्षा पाए देशको विकास हुन्छ ।६।

शिक्षा लिन पाए पनि गुणस्तरीय छैन
चाहे जति ज्ञानी बन्न अझै पनि पाइन ।
साथमा साथ देउ सवले सधैँ अघि बढ्छु
भविष्यको नक्सा कोर्दै देशको लागि लड्छु ।७।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here