रसुवाको उत्तरगयामा प्रेसर कुकर बम फेला

0
73

रसुवा, बैसाख ३० – रसुवाको उत्तरगया गाउँपालिकामा प्रेसर कुकर बम फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार जिल्लाको उत्तरगया गाउँपालिका–५ जेरो किलोमा प्रेसर कुकरमा टेपले बेरिएको अवस्थामा बम फेला परेको हो ।

बम भएको आशंकामा नुवाकोटबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक सरत कुमार थापा क्षेत्रीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here