राष्ट्रिय संगीतकर्मी संघ रसुवाको अध्यक्षमा तामाङ निर्विरोध

0
438

रसुवा, चैत २५ – राष्ट्रिय संगीतकर्मी संघ रसुवाको अध्यक्षमा दावाफिन्जो तामाङ निर्विरोध निर्वाचित हुनुभएको छ ।

शनिबार नुवाकोटको बिदुरमा भएको राष्ट्रिय संगीतकर्मी संघको संयुक्त जिल्ला अधिबेशनले तामाङको अध्यक्षतामा १७ सदस्सीय कार्य समिति निर्विरोध चयन गरेको छ ।

उपाध्यक्षमा वद्री आचार्य, सचिवमा रिया घले, सह–सचिवमा सारमाया तामाङ, कोषाध्यक्षमा वाङ्गेल लामा र सह–कोषाध्यक्षमा सुमन घले रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा हिसेसाङ्वो लामा, श्याममाया तामाङ, दावाछोमो तामाङ, रोमन तामाङ, तेन्जेन तामाङ, पासाङ लोप्चन, दावामिङ्मार तामाङ, निमाकामी तामाङ, पेम्वालोपेन तामाङ, कुमार देवकोटा र विजय लामालाई सर्बसम्मत निर्वाचित गरेको छ ।

अधिबेशनबाट नुवाकोट जिल्लाको अध्यक्ष, प्रथम उपाध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमशः रामहरी भण्डारी, दिनेश लामा, दुर्गा थापा, सुजित भण्डारी, दिपक थापा, समीर लामा र रामेश्वर भण्डारीलाई निर्वाचित गरेको छ ।

सदस्यहरुमा मदन थापा, करण तामाङ, अनमोल ढुँगाना, सावित्री श्रेष्ठ, शारदादेबी ढकाल, शक्ति वाईवा लामा, हेम श्रेष्ठ, श्यामहरी खनाल र भगवती ढकाललाई निर्वाचित गरेको छ ।

यसैगरी अधिबेशनले पत्रकार शिव देवकोटा र युवा व्यावसायी सन्तोष उप्रेतीलाई सल्लाहकारमा चयन गरेको संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here