गजल

0
36

सरिता ढुङ्गाना

बोल्दाबोल्दै कतिखेर रोकिने हो जिन्दगानी ?
थाहै छैन कुन मोडमा ठोकिने हो जिन्दगानी

तर पनि बाँचुन्जेल अनेक सपना सजाएर
परिस्थिथिसँग जुध्दै मोडिने हो जिन्दगानी

तछाडमछाड गर्दै कुद्ने बाँचुन्जेलको खेल यहाँ
मरेपछि मशानघाटमा पोलिने हो जिन्दगानी

आफैँलाई नै राम्रो मान्ने संसार नै किन्छु ठान्ने
पनि एक दिन यमे छेऊ जोखिने हो जिन्दगानी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here