रसुवामा गैरसरकारी संस्थाको सहयोगमा ५ सय ७१ घर निर्माण

0
35

रसुवा, चैत १७ – अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा जिल्लामा एक हजार एक सय ११ निजी आवास पुनर्निर्माण हुँदै छ ।

निजी आवास पुनर्निर्माणका लागि जिल्ला भित्रिएका ६ वटा गैरसरकारी संस्थाले ५ सय ७१ निजी घर निर्माण सम्पन्न गरेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय सचिवालयको कार्यालय रसुवाले जनाएको छ ।

बतास फाउण्डेसनले जिम्मेवारी पाएको एक सय ५२ वटै घर निर्माण सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटीले जिम्मेवारी पाएको ४५५ घरमध्ये १०९, लुमन्थीले जिम्मेवारी पाएको ३८१ घरमध्ये २१९ र एलडब्लुएफले जिम्मेवारी पाएको १०१ घरमध्ये ९१ वटा घर निर्माण सम्पन्न गरेको छ ।

त्यसैगरी समार्टियन पर्सले १८ वटा र ओएम नेपालले ४ वटा घर निर्माण प्रक्रिया अघि बढाएका छन् । जिल्लामा ११ हजार ६२९ लाभग्राही छन् । तीमध्ये १० हजार ५ सय ५१ ले पहिलो किस्ता ५० हजार बुझेका छन् । पहिलो किस्ता ५० हजार बुझेर ७ हजार तीन सय ४० लाभग्राहीले घर निर्माण गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here