तामाङ सञ्चार समुह रसुवाको अध्यक्षमा थोक्रा

0
109

रसुवा, चैत १ – तामाङ सञ्चार समुह रसुवाको अध्यक्षमा सुर्यबहादुर थोक्रा निर्विरोध चयन भएका छन् । बिहिबार भएको पहिलोे अधिबेसनले थोक्राको अध्यक्षतामा नौ सदस्सीय कार्यसमिति निर्विरोध चयन भएका छन् ।

समितिको उपाध्यक्षमा कमल तामाङ, सचिवमा कविता स्याङबा, कोषाध्यक्षमा पविना स्याङवा रहेका छन् । त्यसैगरी सदस्यहरुमा निमा तामाङ, सिमा तामाङ, प्रेम कुमारी तामाङ, पुर्णिमा स्याङबा, सृजना तामाङ रहेका बताइएको छ ।

केन्द्रिय पार्षदमा सूर्य बहादुर थोक्रा, दिपक लामा र प्रेम कुमारी तामाङलाई चयन गरिएको छ । समुहले जिल्लामा पत्रकारिताको विकासमा महत्वपूर्ण कार्य गर्ने अध्यक्ष थोक्राले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here