टोकन प्रणालीमा किस्ता बितरण हुन थालेपछि भूकम्पपीडितलाई सहज

0
30

रसुवा, फागुन ३० – बैँकले टोकन प्रणालीमा किस्ता वितरण गर्न थालेपछि भूकम्पपीडितलाई सहज भएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ स्यापु्रmमा रहेको मेगा बैँकले टोकन प्रणालीमा किस्ता वितरण गर्न थालेपछि पीडितलाई सहज भएको हो ।

किस्ता लिनका लागि दैनिक डेड सयदेखि दुई सयसम्म लाभग्राही आउँदा व्यवस्थापन गर्न कठिनाई भएपछि सहजताको लागि टोकन प्रणालीको सुरुवात गरेको बैँकका शाखा प्रबन्धक छोक्याल दोर्जे लामाले बताउनुभयो ।

‘बैँकमा आएर राति अबेरसम्म बस्नुपर्दा लाभग्राहीले सास्ती खेप्नु परेको थियो । हामीले पनि राति १० बजेसम्म सेवा दिँदै आएका थियौँ, शाखा प्रबन्धक लामाले भन्नुभयो, अहिले टोकन प्रणाली लागु गरेपछि लाभग्राही र शाखा दुबैलाई सहज भएको छ ।’ बैँकमा किस्ता लिन आउने भूकम्पपीडितलाई दैनिक ६० वटा टोकन उपलब्ध गराउने गरिएको शाखाले जनाएको छ ।

टोकन वितरण गर्दा पहिले आइपुग्ने भन्दा पनि अपाङ्ग, बृद्धबृद्धा र महिलालाई पहिलो प्राथमिकता दिने गरिएको शाखा प्रबन्धक लामाले बताउनुभयो । बैँकले अहिले साविकको पाँच वटा गाविसका लाभग्राहीलाई अनुदान वितरण गर्दै आएको छ ।

अनुदान वितरणको लागि जिल्लामा रहेका ६ वटा बैँकलाई तोकिएको छ । किस्ता वितरणका लागि स्याफ्रुमा मेगा बैँक, धुन्चेमा जनता, एनबी र एनएमबी, कालिकास्थानमा आइसीएफसी र बेत्रावतीमा हिमालयन बैँक रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here