चीन, नेपाल रेल र सिवाङजी

0
325

जयराम आचार्य
एक हप्ते बसाईका लागि केरुङ नाका हुँदै नेपाल आएका सिवाङजी र मेरो भेट धुन्चे बजारमा भयो । धुन्चेदेखि काठमाडौँको यात्रा दार्शनिक, राजनीतिक र परराष्ट्र सम्बन्धमा केन्द्रित थियो । उनी छिन्टुमा राष्ट्रिय संग्रहालयमा काम गर्ने चिनियाँ कर्मचारी हुन् ।

एक छोरीका बाबु उनीकी श्रीमती अमेरिकामा संगीत सिक्दैछिन् । आत्मामा विश्वास गर्ने सिवाङजीको भारतप्रतिको दृष्टिकोण भने केही सोचनीय थियो । उनी आधुनिक चीनको जश माओत्से तुङलाई होइन, देङसाओ पिङलाई दिँदै थिए । लु शुनका कथा र निबन्धहरुको चर्चामा उनले जति रुचि देखाए, त्यति माओत्से तुङप्रति देखाएनन् । तर मलाई लाग्छ–राजनीतिको व्यापक परिधिभित्र समेटिने पक्ष हो अर्थनीति । समाजका सम्पूर्ण उपरीसंरचनामा नेतृत्व गर्छ राजनीतिले ।

जबसम्म बिरालोले मुसा समाउदैन तबसम्म त्यो बिरोलो कालो होस् या सेतो त्यसको केही मतलब हुँदैन । भनेका कारण पिङ र माओबीच मनोमालिन्य बढेको थियो । माओ सामूहिक खेती प्रणालीको पक्षमा थिए तर पिङले निजी कृषि प्रणालीलाई अनुमति दिए ।

यही कारण सांस्कृतिक क्रान्तिको समयमा पिङ पद बर्खास्तीमा परे । सन् १९०४ मा चीनको सिचुवान प्रान्तमा सम्पन्न जमिनदार परिवारमा जन्मिएका पिङ सन् १९२० देखि सन् १९२६ को बीचमा उच्च शिक्षाका लागि फ्रान्स गएका थिए । फ्रान्स बसाईको क्रममा उनी झाउ एन लाईको सम्पर्कमा पुगेका कारण कम्युनिष्ट पार्टीमा जोडिएका थिए ।

सन् १९७३ तिर झाउ अस्वस्थ भएपछि पिङ उपप्रधानमन्त्री बने भने सन् १९७८ मा उनी चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेता बने । पिङले शैक्षिक उन्नत्तिका लागि विद्यार्थीहरु विदेश जान पाउने र शिक्षा अध्ययन पछि स्वदेश फर्कन सबैलाई आग्रह गरे । उनले ग्रामीण समुदायका किसानहरुलाई खेती गर्न प्रोत्साहित गरे ।

उनले अतिरिक्त उत्पादनको नाफा किसानलाई नै राख्न दिए । नाफा घाटाको हिस्सेदार स्थानीय समिति रहने व्यवस्था गरे । यस कारण चीनले उत्पादकत्वमा प्रगति ग¥यो । उनले विदेशी कम्पनीहरुलाई चीनमा कारखाना खोल्न दिए । यस कारण उपभोक्ता सामानको बजार आज सबैतिर चीनको छ ।

पिङ वंशका सि जिन पिङ सन् २०१३ मा चीनका राष्ट्रपति बनेपछि रणनैतिक पहलकदमी गर्न एवम् तीब्र गतिको बजार व्यवस्थापन गर्न नवीन रेशमी मार्ग अर्थात् बेल्ड एण्ड रोडको प्रस्ताव गरेका हुन् । रेशमी मार्ग प्राचीन/मध्यकालीन चीनको सियानबाट सुरु भएको मानिन्छ । चीनबाट पश्चिम गएको यो मार्ग इरान, सिरिया हुँदै भू–मध्यसागरमा पुग्छ । भू–मध्यसागरको जलमार्गले यसलाई पोर्चुुगल, स्वीडेन युरोपका इजरायल, लेबनान, इजिप्ट हुँदै इटालीसम्म जोड्छ । भू–मध्यसागरबाट यो मार्ग अफ्रिकी देशहरुसँग पनि जोडिएको छ ।

दक्षिण चीनदेखि यो जलमार्ग हुँदै फिलिपिन्स, ब्रुनाई, जाभा, इन्डोनेसिया, सिंगापुर, मलेसिया, थाइल्याण्ड, श्रीलंका, भारत, पाकिस्तान हुँदै इरानसम्म पुगेको थियो । कलाकार अरनिको यहि सिल्क रोड हुँदै चीन गएको प्रसङ्ग पुरातत्वविज्ञहरुले प्रस्तुत गरेको हुँदा सिल्क रोडसँग नेपालको पुरानो सम्बन्ध छ । यिनै पृष्ठभूमिको बीच बि.सं. २०७४ बैशाख २९ गते नेपाल र चीनबीच नवीन रेशमी मार्ग अर्थात् बेल्ड एण्ड रोडमा सम्झौता सम्पन्न भएको छ ।

सम्झौतासँग जोडिएको विषय हो, चिनियाँ रेल नेपाल आउनु । चीनमा रेल दौडाउनेबारेको छलफल सन् १९९७ मा आफ्ना छिमेकी मुलुक किर्गिस्तान र उज्जेकिस्तानसँगबाट सुरु भएको थियो । चीनले २००८ देखि २०२० सम्म एक लाख २० हजार कि.मी. रेलवे सेवा सञ्चालन गर्ने लक्ष्य एक हजार कि.मी. थपेर सन् २०१५ मै पुरा गरिदियो ।

त्यसैले सन् २०१६ जुलाईमा प्रधानमन्त्रीको अध्यक्षतामा राज्य परिषद्को बैठक बसेर सन् २०२० सम्ममा २९ हजार कि.मी.थप रेलवे सेवा सञ्चालन गर्ने निर्णय ग¥यो, जसमा १९ हजार रेलवे उच्च गतिको हुनेछ । यस्तै चीनले सन् २०५० सम्ममा रेलवे सेवा सञ्चालनको लम्बाई दुई लाख ७४ हजार कि.मी. पु¥याउने लक्ष्य राखेको छ । चीनका सामान्य गतिका रेल प्रतिघण्टा १२० कि.मी. र तीव्र गतिका रेल ३५० कि.मी. दौडन्छन् । यी रेलहरु कोइला, डिजेल हुँदै हाल विद्युतबाट सञ्चालन भइरहेका छन् ।

चिनियाँ रेल पश्चिममा कजाकस्तान, उत्तरमा मङ्गोलिया र रुस, पूर्वमा उत्तरकोरिया र दक्षिणमा भियतनामसम्म जाने गर्छ । चीनको दक्षिण पश्चिममा पर्ने युन्नान प्रान्तको खुन्मिङबाट लाओस हुँदै थाइल्याण्ड–मलेसिया–सिंगापुर जोड्ने रेलवे सेवा सन् २०१५ बाट निर्माण सुरु भएको छ । यही खुन्मिङबाट म्यान्मार हुँदै भारतको मनिपुर भएर नयाँ दिल्लीसम्म रेल आउन सक्छ । यसरी भारतसम्म रेल आएपनि नेपाललाई केही फाइदा हुने छैन । फाइदा त्यतिबेला हुनेछ जतिबेला चिनियाँ रेल केरुङ–रसुवागढी हुँदै काठमाडौँ आइपुग्ने छ ।

हाल चिनियाँ रेल चीनको ग्वाङजाउ प्रान्तबाट तिब्बती प्रदेश ल्हासा हुँदै सिगात्सेसम्म आइपुगेको छ । यसलाई नेपाल लक्ष्य गरेको आएको चिनियाँ रेल पनि भन्न सकिन्छ । ग्वाङजाउदेखि ल्हासासम्मको दूरी चार हजार नौ सय ८० कि.मी. छ । ल्हासादेखि सिगात्सेसम्मको दूरी दुई सय ५३ कि.मी. छ । सन् २०१४ देखि चिनियाँ रेल हप्ताको एक पटक सिगात्सेसम्म आइरहेको छ ।

सिगात्सेदेखि केरुङको पाँच सय ६४ कि.मी.मा रेल चीनले सन् २०२० सम्ममा तयार गर्दैछ । चीनले सिचवान प्रान्तबाट तिब्बतको ल्हासा जोड्ने अर्को रेल सन् २०२५ मा निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेको छ । यो बनिसक्दा सिचवान ल्हासाको दूरी १६ सय २९ कि.मी. मात्र हुनेछ । यो दूरी रेलले १५ घण्टामै पार गरिदिन्छ । ल्हासासम्म यो रेल आइपुग्दा सिगात्से केरुङ रेलमार्ग बनिसकेको हुन्छ । यो स्थितिमा चीन नेपालको थप नजिक हुनेछ ।

रेल बनिसक्दा ग्वाङजाउ–ल्हासा–सिगात्से–केरुङ–रसुवागढी हुँदै काठमाडौँ सामान पु¥याउन बढीमा चार दिन लाग्ने छ भने, हाल चिनियाँ सामग्री नेपाल भित्रिने ग्वाङजाउ–कलकत्ता बन्दरगाह–वीरगञ्ज भन्सार हुँदै काठमाडौँ सामान आउन कम्तिमा ४० दिन लाग्छ । त्यसैले नेपालको अर्थतन्त्रको लागि केरुङ–रसुवागढी–काठमाडौँ रेलमार्ग स्वर्ग जाने द्वार हो ।

हाल ग्वाङजाउदेखि ल्हासासम्म आएको रेलमार्गमा छिङहाइ भन्ने एउटा क्षेत्र पर्छ,जो समुन्दी सतहभन्दा पाँच हजार एक सय कि.मी. भन्दा माथि छ । जहाँ सदाबहार बरफ जमिरहन्छ । नेपाल रेलको सम्भावना बारे अध्ययन गर्न आएका चिनियाँ समितिले चीनमा भन्दा नेपालमा रेल सम्भावना सजिलो रहेको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ ।

नेपालको चालु आ.ब.को ६ महिनाको पूँजीगत खर्च जम्मा १०.९९ प्रतिशत भएको छ । यही प्रवृत्तिमा खर्च हुने हो भने राष्ट्रिय गौरबका योजना कसरी बन्छ । सरकारका संयन्त्रहरु सुतेर बस्ने हो भने रेलमार्ग केबल सपना मात्र हुनेछ । स्थायी सरकार र सरकारको परराष्ट्र, सुरक्षा र अर्थनीति राम्रो हुने हो भने रेलमार्ग सम्भव छ । जसले नेपाललाई समृद्धि दिनेछ ।

समृद्धि त यस्तो कुरा रहेछ, जसले जीवनभर उपनिवेशका विरुद्धमा प्रणोत्सर्ग गरेर देश बचायो, त्यो भन्दा किन मेरा चिनियाँ मित्र सिवाङजीलाई पिङ प्रिय लाग्यो । सिवाङजी र मेरा देशका नेता दुबैले सोच्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here