१५ दिनदेखि केरुङमा नेपाली साना गाडीले प्रवेश पाएनन्

0
69

रसुवा, पुष ९
चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरूङमा नेपाली सवारी प्रवेश नदिँदा समस्या आएको छ । व्यापारीक प्रयोजन तथा घुम्न जाने साना गाडी तथा मोटरसाइल १५ दिनदेखि केरुङमा जान रोक लगाइदा समस्या आएको हो ।

सामग्री लिन जाने तथा ल्याउने कन्टेनर सञ्चालनमा रोक नलगाइएको चिनियाँ पक्षले जनाएको छ । चीनको केरूङबाट नेपाली साना गाडी तथा मोटरसाइकलमा अवैध रुपमा सुन ल्याउन थालेपछि नेपाली गाडी सञ्चालनमा रोक लगाएको बुझिएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले साना गाडी सञ्चालन रोकिएको बारे आधिकारीक जानकारी नआएको बताउनुभयो । केरूङ जानका लागि नेपाली सवारी रोकिएपनि चिनियाँ ट्याक्सीको प्रयोग गरेर जान सकिने बताइएको छ ।

सीमा सुरक्षामा खटिएको प्रहरीको अनुरोधमा केही सवारी साधनले प्रवेश पाएपनि साना सवारी तथा मोटरसाइकल सञ्चालन रोकिएको नेपाल प्रहरीको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here