माओवादी केन्द्र रसुवाले गर्यो उम्मेदवार घोषणा

1
674

१६ असोज, रसुवा – नेकपा (माओवादी केन्द्र) रसुवाले आगामी मंसिर १० गते हुने संघीय सभा र प्रदेश सभा निर्वाचनको लागि सबै उम्मेदवारको नाम घोषणा गरेको छ । आइतवार कालिकास्थानमा बसेको जिल्ला कार्यालय बैठकले उम्मेदवारको नाम घोषणा गरेको हो ।

माओवादीले संघीय प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ बरिष्ठ उपाध्यक्ष माधब लामिछाने समिरको नाम सिफारिस गरेको माओवादी केन्द्र रसुवाका उपाध्यक्ष उद्दब रिजालले जानकारी दिए । यस्तै संघीय प्रतिनिधि सभाको समानुपातिक तर्फ निमावाङदी तामांग, नानिमैया न्यौपाने, खुवा प्रसाद आचार्य र मनविर कामीलाइ सिफारिस गरेको छ ।

माओवादीले प्रदेश सभाका लागि क्षेत्र नम्बर १ बाट जिल्ला उपाध्यक्ष पासाङ थोक्रा र क्षेत्र नम्बर २ बाट जिल्ला अध्यक्ष इन्द्र गौतम जगतजंगलाइ उम्मदवार बनाउने निर्णय गरेको छ ।

यस्तै प्रदेश सभाको समानुपातिक तर्फ तेन्जिङ छेसाङ तमाङ, चाम्सिङ लोप्चन, हितवहादुर गुरूङ, मेघ वहादुर ढकाल, गिता ढकाल र भगवती न्यौपानेको नाम सिफारिस गरेको माओवादी केन्द्र रसुवाले जनाएको छ ।

पहिला दखि नै एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा मुलुक संघिय संरचनामा गए पछी पनि एउटा मात्र निर्वाचन क्षेत्र कायम छ ।

स्रोत : नयाँ प्रवाह अनलाइन

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here