रसुवाको चार वटा विद्यालयमा वालमैत्री धारा निर्माण

0
140

रसुवा, साउन ६ – रसुवाको चार वटा विद्यालयमा वालमैत्री धारा निर्माण गरिएको छ । जिल्लाको कालिका गाउँपालिका–१ स्थित राम्चेका चार वटा विद्यालयमा वाल मैत्री धारा निर्माण गरिएको हो ।

बालबालिकाले पानीको प्रयोग आफैले गर्न सक्ने वातावरण वनाउनका लागि धारा निर्माण गरिएको हो । वालमैत्री धारा निर्माण भएसँगै अवदेखि बालबालिका आफैले धाराबाट पानी पिउन, धारा खोल्न तथा वन्द गर्न सक्नेछन् ।

ग्राङ प्रावि, तेम्राङ प्रावि र पलेप प्राविमा एक एक वटा र सेतीभूमे माविमा दुई वटा वालमैत्री धारा निर्माण गरिएको हो । त्यसैगरी यि चार वटै विद्यालयमा लैङ्गिक मैत्री शौचालय समेत निर्माण गरिएको छ । वालमैत्री धारा र लैङ्गिक मैत्री शौचालय निर्माणबाट छ सय ७८ जनालाई प्रत्यक्ष फाइदा पुगेको छ ।

भूकम्प पछिका दिनमा जिल्लामा खानेपानी तथा सरसफाइको क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाले वालमैत्री धारा तथा लैङ्गिक मैत्री शौचालय निर्माण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here