२० वर्षपछि महानगरमा नेपाल भाषा, लिपि भने देवनागरी नै

0
214
तस्विर अनलाइन खवरबाट

काठमाडौं,असार १ – काठमाडौं महानगरपालिकाले सरकारी कामकाजको भाषाका रुपमा नेपाल भाषा प्रयोग गर्न थालेको छ । महानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठकले नै नेपाल भाषालार्य मान्यता दिने निणृय गरेपछि हाल नेपाल भाषा प्रयोग गर्न थालिएको हो ।

महानगरपालिकाको वडा १८ र २३ मा नेपाल भाषामा सरकारी कामकाज गर्न थालिएको छ । वडा १८ का नवनिर्वाचित अध्यक्ष न्हुँछेकाजी महर्जनले नेपाली भाषामा मात्रै लेखिने निवदेन अब नेपाल भाषाबाट पनि दिन सकिने बताए ।

उनले सरकारी कार्यालयमा मातृभाषा प्रयोगका पक्षमा हुँदै आएको आन्दोलन सम्बोधन गर्न नेपाल भाषा प्रयोग गर्न थालिएको बताएको राजधानी दैनिकमा खबर छ ।

तर, हाल प्रयोगमा ल्याइएको नेपाल भाषाको लिपि भने देवनागरी नै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here