मैलुङ खोलाको आईपीओ निष्काशन आज बन्द हुँदै

0
729

रसुवा, जेठ ३१ –जेठ १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गरेको साधारण सेयर आजदेखि निष्काशन बन्द हुन लागेको हो । रसुवाका आयोजना प्रभावितका लागि निष्काशन गरिएको तीन लाख ६८ हजार १४३ कित्ता सेयर निष्काशन बन्द हुन लागेको हो ।

मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गरेको उक्त सेयरमध्ये एक लाख ८४ हजार ७२ कित्ता आयोजना संरचना रहने र आयोजनाबाट अति प्रभावित हुने क्षेत्र तीन गाविस हाकु, डाँडागाउँ र राम्चे गाविसका लागि बासीन्दाका लागि छुट्याइएको छ । साथै एक लाख ८४ हजार ७२ कित्ता रसुवा जिल्लाका अन्य गाविसका वासिन्दाहरुको लागि निष्काशन गरिएको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका साथै जनता बैंक लिमिटेड धुन्चे, प्रभु बैंक स्याप्रुबेसी, आईसीएफसी फाईनान्स कालिकास्थान, हिमालयन बैंक बेत्रावति, र मैलुङ खोला जलविद्युत कम्पनी डाँडागाउँबाट समेत आवेदन फारम पाउन र बुझाउन सकिनेछ ।

मैलुङ खोला जलविद्युत कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर बिक्री गरेको हो । बाँकी २० प्रतिशत सेयर केही समय पश्चात सर्वसाधारण र कर्मचारीका निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

मेरो लगानी डट कमबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here