प्लाष्टिक घरभित्र (टनेलमा) गोलभेंडा खेती प्रबिधि

0
449

भिष्म बहादुर बस्नेत
जि.कृ.वि.का,रसुवा

  • गोलभेंडा सोलानेसी परिवार अन्तरगतको फल समुहमा पर्ने एक महत्वपूर्ण तरकारी हो
  • नेपाली उपभोक्ता माझ लोकप्रिय छ
  • गरिवको सुन्तला
  • पकाएर सलाद बनाएर वा प्रशोधित गरेर खानाका परिकार बनाईन्छ
  • गोलभेंडामा भिटामिन ए, बि, सि, ई, र खनीजतत्वमा फस्फोरस, क्याल्सियम, फलाम आदि तत्वहरु पाईन्छन
  • बर्षा याममा लगाएको गोलभेंडाले राम्रो बजार पाईरहेको छ । यो समयमा खुल्ला ठाउमा डढुवा तथा ओईलाउने रोगका कारण राम्रो हुदैन ।

प्लाष्टिक घरको आबश्यकता 

  • नियन्त्रित बातावरणमा तरकारी खेती गर्न
  • उच्च गुणस्तरको र धेरै उत्पादन लिन
  • बेमौसमी याममा तरकारी उत्पादन गर्न
  • कृषकको आम्दानी बढाउन

हावापानी :

  • तुषारो सहन सक्दैन
  •  तापक्रम २०—२४ डि.से. (१६ भन्दा कम र २७ भन्दा माथि उपयूक्त हुदैन )
  • ३५ डि.से. भन्दा माथि परागकण सुक्ने भएकोले फल लाग्दैन
  • रातीको तापक्रम १३ – २१ डि.से. भन्दा कम वा बढि भएमा पनि फुल झर्न सक्दछ, फल लाग्दैन

 

माटो :

  • गोलभेंडा सबै प्रकारको माटोमा खेती गर्न सकिने भए पनि पानी नजम्ने प्रागारिक पदार्थ प्रसस्त भएको हलुका बलौटे दोमट माटो उपयुक्त मानिन्छ र पि.एच. ६—७ ।

प्लाष्टिक टनेलका लागि गोलभेंडाका उपयूक्त जातहरु :

भीम ठूलो फल ८०— १०० ग्राम ओईलाउने रोग कम लाग्ने ( indeterminate )
म्निषा मध्यम गोलो फल ८०— १०० ग्राम
श्रृजना मध्यम गोलो फल ५०— ६० ग्राम ओईलाउने रोग कम लाग्ने
स्नेहलता ठूलो गोलो फल १५०— २०० ग्राम ओईलाउने रोग कम लाग्ने
थिम्स १६ ठूलो ८०— १०० ग्राम, आकर्षक रंग, फल लामो समय सम्म भण्डारण गर्न सकिने, ढुुवानी सजिलो
रक्षिता अग्लो बोट, आईलाउने रोग कम, लाम्चो फल ९० — १३० ग्राम
नुतन अग्लो बोट, आईलाउने रोग कम, लाम्चो फल ७० — ९० ग्राम
शिरिश अग्लो बोट, आईलाउने रोग कम, लाम्चो फल ७० — ९० ग्राम, नेमाटोड कम
बिशेष मध्यम, हल्का लाम्चो फल, ७०—९० ग्राम ओईलाउने रोग कम determinate
एन.एस. ८१५ मध्यम, ७०—९० ग्राम ओईलाउने रोग कम determinate
सुरक्षा मध्यम, ७०—९० ग्राम ओईलाउने रोग कम determinate
एन १६२ मध्यम, ८०—१०० ग्राम ओईलाउने रोग कम determinate

बेर्ना कुहिने रोग लागन नदिन

  • सोलराईजेसन
  • घासपात वा स्याउला डढाउने
  • फर्मालिन ४० प्रतिशतको २५ एम.एल÷ली. पानीमा मिसाई २ ली ÷ बर्ग मी क्षेत्रफलमा उपचार, ७२ घण्टा हावा बन्द

प्लाष्टिक घरको बनावट :

  • ८००— ११०० मि. धुरी ४ र कुम खाबो ३ मि.
  • ११०० — १४०० मि.धुरी ३.५ कुम खाबो २.५ मी.
  • १४०० — १९०० मि धुरी ३ मी र कुम खाबो २ मी
    मलखाद :

गोठेमल ३— ५ केजी, डि.ए.पी. २५ ग्राम, पोटास १० ग्राम, बायोजाम, जिंक, बोरेक्स १.५ ग्राम ÷ बोट रोप्नुभन्दा ७ दिन पहिले बिरुवा सार्ने कुलेसोमा राख्ने
बेर्ना सार्ने :
२०— २५ दिनको बिरुवा सार्ने । सार्ने बेलाको बिरुवालाई ७ दिन पहिले देखि सिंचाई नदिने र बिरुवा उखेल्नु भन्दा एक घण्टा पहिले प्रसस्त पानी दिने र बिरुवा रोप्दा ब्याडमा जति भाग माटो मुनी छ तेती नै जमिनमा गाड्रने र अठ्रयाउने । त्यसपछि छापो दिने र सिंचाई गर्ने ।

फुल झर्ने प्रमुख कारणहरु :

  1. हावापानी
  2. खडेरी तथा सुख्खा
  3. हर्मोनको असन्तुलन
  4. माटोको अत्याधिक अम्लियपना
  5. खाद्यतत्वको कमी
  6. जातीय बिशेषता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here