लसुन भण्डारण गर्ने स्थानीय बिधि

0
1056

सन्तोष पाठक
वागवानी विकास अधिकृत
जिल्ला कृषि विकास कार्यालय, रसुवा

लसुन एक कर्बोहाईड्रेट पाइने महत्वपूर्ण नगदे वालीको रुपमा लिइन्छ । यसमा प्रशस्त रुपमा कार्वोहाइडे«ट , खनिज तथा जीवन रक्षक भिटामिनहरु पाइन्छ । यो गानो बालि अन्तर्गतको मसला बालिमा पर्दछ ।

यसलाई तरकारी तथा अन्य खाध्य पदार्थमा मसलाको रुपमा प्रयोग गरिन्छ । यस बालीलाई औषधिको रुपमा प्रयोग गरिन्छ । लसुन खेती हिउँदमा मात्र गरिन्छ र बैशाख,जेष्ठ महिनामा यसको बजारीकरण गरिन्छ । यसरी उत्पादन भएको लसुन कृषक हरुले भण्डारण गर्न नसक्ने भएकोले कम मूल्यमा बेच्न बाध्य हुन्छन् ।

क .लसुनका गाने परिपक्क पहिचान गर्ने
– लसुनको गानो परिपक्क हुन तराइमा ६–७ महिना लाग्छ भने पहाडमा तयार हुन ७–८ महिना लाग्छ तर परिपक्व हुन कुन जातको लगाइएको हो तेसमा पनि भर पर्छ ।
– जब लसुनको पात पहेलिन थाल्दछ ,ढल्छ लसुन परिपक्व भएको भनेर थाहा हुन्छ ।
ख. लसुनको गानो उखल्ने तरिका :
– लसुन परिपक्क भएपछि कुटो ,खुर्पिको सहायताले उखेल्नु पर्छ ।
– गानो उखेल्ने समयमा मौसम गर्मि र शुष्क हुनु पर्छ ।
– सबै बिरुवा एकै समयमा परिपक्क नहुने हुदाँ , त्यसता बिरुवालाई १० दिन अगाबै लडाउनुपर्छ , यस्तो कृयाकलापले गानोमा घुलनसिल पदार्थ गानोमा एकत्रित भएर रहन्छ ।
– परिपक्क गानो उखलेमा सुकाउनको लागि समय लाग्छ । गानो सूर्यको तापले डड्ने गर्छ ।
– लसुनमा स्वासप्रवास क्रियाकलाप ४० मि.ग्रा. प्रति घण्टा हुनुपर्छ ।

ग . सुकाउने प्रक्रिया
– क्यूरिङ्ग लसुन सुकाउने प्रक्रिया हो , जसले गर्दा वाहिरको बोका्रमा रहने चिस्यान र गानोको घाटीमा रहने बढि चिस्यान सुक्छ ।
– यसले गर्दा गानोहरुमा रोगको आक्रमण कम हुन्छ ।
– गनो च्याउरदिैन ।
– गानो उखेल्दा लागेको धाउ चोट निको हुन्छ ।
घ. गानो छनौट :
– बजार भाउ पाउन को लागि केहि कृयाकलाप गर्नु पर्छ ।
– रोग र किरा बाट ग्रसित ,खन्दा चोट पटक लागेको लाइ हटाउने ।
– स्वस्थ्य र आर्कषण गानाहरु राख्ने ।
– गनोहरुलाई अकार प्रकार तथा तौलको अधारमा छुट्टाउने ।
– गानो उखेलेपछि तथा क्यूरिङ्ख पश्चात गानोसंग टासिएका माटो र गानो बाट छुट्न लागेका बोक्रालाई हटाउने ।
– अपरिपक्क र बिकृत गानाहरु हटाउने ।

ङ. लसुनको लागी ग्रेडिङ गर्ने प्रक्रिया :
१. ४० ग्रामभन्दा माथी तौल भएको लार्ज साईज भनिन्छ जुन निर्यात र व्यबसायिक बजारको लागी उपयूक्त तथा बीउको लागी उपयूक्त हुन्छ ।
२. ३०–४० ग्राम सम्म तौल भएको स्ट्याण्डर साईज भनिन्छ जुन बजारको लागी उपयूक्त हुन्छ ।

३. २०–३० ग्राम भन्दा सानोलाई कम तौल भनिन्छ । मेडियम साईज, जुन बजारमा लग्नको लागी एक्दम उपयूक्त हुन्छ ।
४. २० ग्राम भन्दा कम तौल भएको सानो साइज स्थानीय बजारको लागी उपयूक्त हुन्छ ।

च. प्याकेजिङ्ग :
गानोको गुणस्तर कायम राख्नको लागी प्याकेजिङ्ग महत्वपूण कुरा हो, यस कार्यले गर्दा गानोको गुणस्तर राम्रो हुन्छ , ढुवानि गर्न सजिलो हून्छ ,ओसार पसार गर्न सजिलो हुन्छ तथा बजारमा लग्न ,भण्डारण र सुरक्षित राख्न सजिलो हुन्छ । सामान्यतया, लसुनको गानो जालीदार जुट चट्टीको व्याग अथवा जालीदार नाईलनको व्यागमा २०–५० के.जी को प्याकमा प्याकेजिङ्ग गरिन्छ । यदि कृषकले तत्कालैे गानो बिक्रि गर्न चाहान्छ भने प्याकिङ्ग गरि बिक्री गर्न सक्दछ । यदि बढि मुल्य लिन चाहान्छ भने केहि समयको लागि स्थानीय तरिका बाट गानो भण्डाण गर्ने ।

भण्डारण दुई प्रकार बाट गर्न सकिन्छ ।
– फुसको घर
– शित गृह बाट
यसले उत्पादन उपरान्त उपयुक्त उलेखित क्रियाकलाप अपनाई उत्पादन भएको गानाहरु स्थानियस्तरमा पनि करिव ५–६ महिना सम्म भण्डारण गर्न सकिन्छ । तर उपरोक्त उल्लेखित क्रियाकलापको बाबाजुद पनि केहिहद सम्म भण्डारणमा गानो हरु कुहिन सक्छ ।उक्त कार्यहरु अपनाईएन भने भण्डारणमा करिब १६–३५% सम्म गानो कुहिएर खेर जान सक्छ ।

ज. स्थानीयस्तरमा लसुन भण्डारण बिधि :
करिब जमिनको सतहबाट तिनफिट माथी उठेको प्लेट फार्म मथि १० फिट चौडाई भएको हावादार फूसको घर प्रकासयूक्त बनाउनु पर्छ । त्यसमा बांसको ¥याक मा लसुनको गानो बढि परिमाणमा भण्डारण गरिन्छ । उक्त साइजको‘ फुसको घरमा करिब दुई टन गानो भण्डारण गर्न सकिन्छ । यस्तो घरको चारैतिर बांसको भाटाको प्रयोग गरिन्छ । घर भित्र हावा जाने ठाउ हुनु पर्छ । यदि गर्मि भयो भने चारैतीरको बारलाई जुटको बोराले बेरिदिने ।राम्रो संग हावा खेल्ने कोठा हुनुपर्छ । बेला बेलमा भण्डारण गरेको ¥याक लाई हेर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here