दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिले आज शपथ लिने

0
131

काठमाडौं, बैशाख २७ । दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मुन जे इनले आज शपथ लिँदै छन् ।

मुलुकको १९ औं राष्ट्रपतिको शपथ लिन लागेका मुनले मंगलबार सम्पन्न निर्वाचनमा ४१ प्रतिशत भन्दा बढी मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी होङ जोन प्योले २३ प्रतिशत मत प्राप्त गरेका छन् । उदारवादी छवी भएका मुनले मुलुकलाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुन कटुतापूर्ण सम्बन्ध रहेको छिमेकी उत्तर कोरियासँग वार्ता गर्ने पक्षमा छन् । यसबाट दक्षिण कोरियाको उत्तर कोरियाप्रतिको नीतिमा परिवर्तन हुने देखिएको छ ।

भ्रष्टाचार काण्डमा महाअभियोग लगाएर पार्क गुन हेईलाई पदबाट हटाइएपछि समय अगावै नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन भएको हो । सन् २०१२ मा भएको राष्ट्रपतीय निर्वाचनमा मून सामान्य मतान्तरले पार्कसँग पराजित भएका थिए ।

मुन उत्तर कोरियाली शरणार्थीका सन्तान हुन् । पछिल्ला दिनहरुमा उत्तर कोरियाको आणविक गतिविधिका कारण कोरियाली प्रायद्विपमा तनाब बढ्दो छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here